बरिष्ठ सेफ बराल ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ को अननरी गुडविल एम्बेसडर नियुक्त
News Desk
Oct-24 , 2022 तारिख 07:26 बिहान

 

काठमाडौं । लामो समयदेखी बेलायतलाई कर्मभुमी बनाउदै आएका बरिष्ठ सेफ बिनोद  बराल ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ का लागि  अननरी गुडविल एम्बेसडर नियुक्त भएका छन् । बरिष्ठ सेफ बराललाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष, अवधारणाकर्ता एवम् अभियन्ता सुमन पाण्डे काजीले २२ अक्टोबर २०२२ मा गुडविल एम्बेसडर नियुक्त गरेका हुन । 

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको ७० बर्ष पुरा भएको अवसरमा २०२३ मे २९ तारिखमा पाण्डेले खुम्बु हाईल्याण्ड देखी एभरेष्ट बेस क्याम्पसम्म म्याराथन दौड  आयोजना गर्दै छन् । 

बरिष्ठ सेफ बिनोद बरालको संक्षिप्त परिचय 

बिनोद बराल लण्डन स्थित शेफ, खाना र रेष्टुरेन्ट सल्लाहकार, उद्यमी एवम् परोपकारी हुन्। उनी लन्डन स्थित दुईवटा हाई स्ट्रिट रेस्टुरेन्टका सह-संचालक समेत हुन । बराल एशियन कुलिनरी एकेडेमी, लन्डन र ग्लोबल नेपाली शेफ फोरमका संस्थापक समेत रहेका छन् । बरालको जन्म नेपालको सुन्दर  र प्रसिद्ध शहर पोखरामा २७ अप्रिल १९७९ मा भएको हो । बरालले स्वास्थ्यका लागि फाइदा हुने बिषयमाथी जोड दिँदै, मायाले पकाएको स्वस्थ खानाप्रति आफ्नो प्रेम फैलाउने अवधारणा  बोक्दै आएका छन्  । 

बरालले फेब्रुअरी २००३ देखि अक्टोबर २००८ सम्म बेलायतको सबैभन्दा ठूलो भारतीय रेस्टुरेन्ट चेन द बम्बे साइकल क्लबका लागि समूह कार्यकारी प्रमुख शेफको रूपमा सेवा गरेका छन्। विनोदले बम्बे साइकल क्लबका तत्कालीन मालिक सारा विलिङ्घमको नेतृत्वमा काम गरेका थिए । उनी विज्ञ सेफ पनि मानिन्छन् ।  बराल युके तथा युरोपका लागि गोर्खा बियरका ब्राण्ड एम्बेसडर पनि हुन ।

धेरै पढिएको