बरिष्ठ सेफ बिनोद बराल ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ का लागि अननरी गुडविल एम्बेसडर नियुक्त
News Desk
Oct-25 , 2022 तारिख 07:31 बिहान

 

काठमाडौं । लामो समयदेखी बेलायतलाई कर्मभुमी बनाउदै आएका बरिष्ठ सेफ बिनोद  बराल ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ का लागि  अननरी गुडविल एम्बेसडर नियुक्त भएका छन् । बरिष्ठ सेफ बराललाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष, अवधारणाकर्ता एवम् अभियन्ता बिक्रम पाण्डे काजीले २२ अक्टोबर २०२२ मा गुडविल एम्बेसडर नियुक्त गरेका हुन । बराललाई हस्ताण्तरित नियुक्तीपत्रमा  नेपालको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रियकरण गर्न विश्वव्यापी रुपमा प्रवर्धनात्मक गतिविधिगर्ने सिलसिलामा सशक्त भूमिकाको अपेक्षा सहित नेपालसँग २०० बर्ष पुरानो सम्बन्ध कायम भएको मुलुक  संयुक्त अधिराज्यमा पनि सोको प्रचार प्रसार तथा सम्बन्ध बिस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।  

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको ७० बर्ष पुरा भएको अवसरमा २०२३ मे २९ तारिखमा पाण्डेले खुम्बु हाईल्याण्ड देखी एभरेष्ट बेस क्याम्पसम्म म्याराथन दौड  आयोजना गर्दै छन् । 

बरिष्ठ सेफ बिनोद बरालको संक्षिप्त परिचय 

बिनोद बराल लण्डन स्थित शेफ, खाना र रेष्टुरेन्ट सल्लाहकार, उद्यमी एवम् परोपकारी हुन्। उनी लन्डन स्थित दुईवटा हाई स्ट्रिट रेस्टुरेन्टका सह-संचालक समेत हुन । बराल एशियन कुलिनरी एकेडेमी, लन्डन र ग्लोबल नेपाली शेफ फोरमका संस्थापक समेत रहेका छन् । बरालको जन्म नेपालको सुन्दर  र प्रसिद्ध शहर पोखरामा २७ अप्रिल १९७९ मा भएको हो । बरालले स्वास्थ्यका लागि फाइदा हुने बिषयमाथी जोड दिँदै, मायाले पकाएको स्वस्थ खानाप्रति आफ्नो प्रेम फैलाउने अवधारणा  बोक्दै आएका छन्  । 

बरालले फेब्रुअरी २००३ देखि अक्टोबर २००८ सम्म बेलायतको सबैभन्दा ठूलो भारतीय रेस्टुरेन्ट चेन द बम्बे साइकल क्लबका लागि समूह कार्यकारी प्रमुख शेफको रूपमा सेवा गरेका छन्। विनोदले बम्बे साइकल क्लबका तत्कालीन मालिक सारा विलिङ्घमको नेतृत्वमा काम गरेका थिए । उनी विज्ञ सेफ पनि मानिन्छन् ।  बराल युके तथा युरोपका लागि गोर्खा बियरका ब्राण्ड एम्बेसडर पनि हुन ।

धेरै पढिएको