अष्ट्रेलियाका सांसद सिंह र नेपाली समुदायका प्रतिनिधी मण्डलबीच भेटघाट
News Desk
Oct-27 , 2022 तारिख 09:01 बिहान

 

      
कोफ्स हार्बर । अष्ट्रेलियाली संसदका सांसद एवम् राष्ट्रिय पार्टीका सचेतक गुर्मेस सिंह र नेपाली समुदायका प्रतिनिधी मण्डलबीच भेटघाट भएको छ । सो अवसरमा सांसद सिंहले ६ दशक अघि दुई देश बीच कुटनीतिक सम्बन्ध स्थापित भएको स्मरण गर्नुहुँदै नेपालको सुन्दर प्रकृति प्रति लक्षित गर्दै सगरमाथाले लोभ्याएको बताउनुभयो । साथै, उहाँले दुई देशबीच स्थापित कुटनीतिक सम्बन्धलाई प्रगाढ तुल्याई राख्न नागरिक स्तरमा पनि भाईचारा सम्बन्ध बिस्तार गर्न आवश्यक रहने औंल्याउनु हुँदै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने वचनबद्वता समेत उनले व्यक्त गर्नुभयो ।  सांसद सिंहले दिपावलीको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो । संसदीय सचिव र क्षेत्रीय रोजगार र लगानीका लागि राष्ट्रिय सदस्यको जिम्मेवारी समेत सम्हालिरहनु भएका सांसद सिंहले कोफ्स हार्बरमा उहाँको सरकारी कार्यालयमा उपस्थित नेपाली समुदाय माझ शुभकामना दिनुभएको हो ।  

भेटका क्रममा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै डिएन घिसिङले अष्ट्रेलिया र नेपाल बिच दशकौदेखी प्रगाढ सम्बन्ध कायम रहदै आएको उल्लेख गर्दै अष्ट्रेलियाले गर्दै आएको सहयोगको  उच्च प्रशंसा गर्नुभएको थियो ।  नेपालका तर्फबाट व्यवसायी मुस्कान छन्त्याल ,माधव गौतम ,माया छन्त्यालको सहभागीता रहेको थियो ।

धेरै पढिएको