News Desk
वीरगञ्ज, ११ कार्तिक । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट माओबादी केन्द्रका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार रहबर अंसारीले जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । सोही क्रममा अंसारीले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ सबैठवामा स्थानीय नेता तथा अगुवाहरुसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा अंसारीले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गरेर लोकतन्त्रको रक्षा गर्न आग्रह गरे ।
उनले वीरगञ्जको विकासका आफूलाई मतदान गरेर विजयी गराउन आग्रह गर्दै भने, ‘यसअघि यहाँबाट जितेर गएका व्यक्ति मुख्यमन्त्री बन्दा समेत हामीले अपेक्षा गरे अनुसारको विकास देख्न पाएनौं । फेरी पनि हामीले त्यस्तै व्यक्तिलाई जिताएर पठाएर वीरगञ्जको लागि ठूलो दुर्भाग्यको कुरा हुन्छ ।’ घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता थियो ।