मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटना,पाँच जनाको मृत्यु
News Desk
Oct-30 , 2022 तारिख 04:43 बेलुका

काठमाडौं । गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परेको छ ।पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार २५ जना घाइते भएका छन् ।दुर्घटना बिहान ४ बजे भएको हो । घाइतेको उद्धार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको