News Desk
आइतबार दिनभर निराहार व्रत बसेका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई पूजा गरी अर्घ दिएसँगै छठको समापन भएको छ। सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो ।
महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा, मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।
छठ पर्वका लागि जनकपुरका पोखरी, वीरगञ्जको घडीअर्वा पोखरी, विभिन्न नदी तलाउ तथा राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत बाग्मती, शंखमुल, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको थियो ।