News Desk
वीरगंज - जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता एवं पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार प्रदीप यादवले वीरगन्ज १६ नगवामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । सोमबार नगवाको बौद्धिमाई छठघाटमा श्रद्धालुहरु संग भेटघाट गर्दै छठपुजाको शुभकामना आदान प्रदान पश्चात घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । घरदैलो कार्यक्रम अन्तरगत मतदाताको घर घरमा पुगेर आफूलाई मतदान गर्न मतदाताहरु संग आग्रह गर्नुभयो । पूर्व वनमन्त्री समेत रहेका नेता यादवले आफू जनहितमा गर्दै आएको कामको मुल्यांकनको आधारमा आफूलाई मतदान गर्न आग्रह गर्नुभयो ।
नगवाको घुसुकपुरमा घरदैलो गर्दै उहाँले मतदाता संग भन्नुभयो, म सिजनली नेता होईन जनताको सुखदुखमा साथ दिने नेता हुँ, विगतमा गरेको कामको तपाईहरुले मुख्यांकन गर्नु नै भएको होला, कसैको आर्थिक प्रभावमा होईन कामको मुल्यांकनको आधारमा मतदान गर्नुहोला । म जनताको नेता रहेको हुनाले २४ औं घण्टा जनताको सेवाको लागि हाजिर हुने भएको बताउँदै नेता यादवले भन्नुभयो, ‘ जनतालाई भ्रममा पारेर दिवा सपना देखाउँनेहरुबाट सर्तक रहनुपर्छ, ईमान्दार एवंम् जनताको पिरमर्का बुझने व्यक्तिलाई नै चुनेर पठाउँन आग्रह गर्नुभयो । पहिलो पटक निर्वाचित हुँदा पनि आफुले उल्लेख्य काम गरेको दावी गर्दै उहाँले अब पुनः अर्कोपटक निर्वाचित गराएमा विकास निर्माणका काम गरेर वीरगञ्जको कायापलट गर्ने बताउँनु भयो ।
नेता यादवले विकासको सुनौलो ढोका खोलेर वीरगञ्जलाई व्यापारीक हबको रुपमा विकास गर्नुका साथै जनताको जीवनस्तरलाई माथि उकास्ने खालका योजना ल्याउनका लागि पनि यसपटक फेरि आफुले जित्नुपर्ने बताउँनु भयो । घरदैलो कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष पर्शुराम चौरसिया, सदस्य मुन्ना गुप्ता, वडा नम्बर १५ का वडाअध्यक्ष रमेश यादव, स्थानिय नेता अशोक पटेल, मगदिश यादव, देवनाथ चौरसिया, रविन्द्र श्रीवास्तव, शेख मुसाफिर, अयुब मियाँ, श्यामसुन्दर चौरसिया, मईम मियाँ, भुषाल चौरसिया लगायतको सहभागिता रहेको थियो ।