News Desk
वीरगञ्ज - प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले विभिन्न छठघाटमा पुगेर बर्तालु एवम् दर्शनार्थीहरुसँग भेटघाट गरेका छन् । पर्सा क्षेत्र नम्बर २ (ख) बाट पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार कुर्मीले वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, मुर्ली, लक्ष्मणुवा लगायतका स्थानमा रहेका छठघाटमा पुगेर बर्तालु एवम् दर्शनार्थीहरुसँग आशिर्वाद लिएका छन् ।
महापर्वका रुपमा मनाइने छठ पर्वले समाजमा भाइचारा र भातृत्व कायम गरोस् भन्ने शुभकामना व्यक्त गर्दै धर्म एवम् संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान दिन पनि उनले आग्रह गरेका छन् ।