अष्ट्रेलियाको कोब्स हार्बर र भेरी नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना हुने
News Desk
Nov-02 , 2022 तारिख 03:14 बेलुका

काठमाडौं । अष्ट्रेलिया स्थित एनएसडब्लुमा अवस्थित कोब्स हार्बर नगरपालिका र नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा रहेको भेरी नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताबना अगाडि बढेको छ। दुई शहरको सांस्कृतीक ,सामाजिक एवम् बाणिज्य आदनप्रदान गर्ने हेतुले भगिनी शहरको रूपमा मैत्रीपुर्ण सम्बन्ध स्थापना हुन लागे हो ।

सोका निम्ती आफू सकारात्मक रुपमा तयार रहेकोे भेरी नगरपालिकाका मेयर सिपि घर्तीले जनाएका छन् । लगातार दुई कार्यकाल जनताबाट चुनिएसँगै जिम्मेवारी बोधका साथ विकासको प्रयासमा लागिपर्दै आएको जिकिर गर्दै आफु अस्ट्रेलियाको विकास मोडलबाट भेरी नगरपालिकालाई थप आकर्षित र व्यवस्थित बनाउन अग्रसर रहने मेयर घर्तीले बताए।

यता कोब्स हार्बर नगरपालिकाका मेयर पाओल आमोसले निर्बाचित भएको ६ महिना पुगेको र आफुले कोब्स हार्बरलाई विकासको नमुना शहर बनाउन खोजेको बताउदै नेपालसँग भावनात्मक रुपले जोडिने सम्बन्धले दुई देशलाई फाइदा हुने बताए।मेयर आमोसले दुई शहरबीचको सम्बन्धले आधुनिक कृषि विकास तथा पर्यटन प्रबर्द्धनमा समेत उल्लेख्य योगदान पुग्ने पनि जनाए।

दुई शहरका पदाधिकारीहरुलाई समन्वय गरिरहेका खेलकर्मी एवम् संचारकर्मी डिएन घिसिङ्ले कोफ्स हार्वर र भेरी नगरपालिकाको भौगोलिक वातावरणमा एकरुपता भएकाले पनि सहजीकरण गरेको बताए।केही महिनाको अन्तरमा भेरी नगरपालिका र कोफस हार्बर नगरपालिकाका प्रतिनिधि बीच सम्झौता गर्ने तयारी भएको घिसिङ्ले जानकारी दिए ।

धेरै पढिएको