News Desk
वीरगञ्ज, १६ कार्तिक । पर्सा क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले पैँसामा बिकेर मतदाताले भोट दिन्छन् भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनबाट पर्सा २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार कुर्मीले जनतालाई मुर्ख बनाउने समय अब सकिएको बताए ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपराका मतदातासँगको चिया चर्चामा सहभागी हुँदै कुर्मीले जनता सचेत भइसकेको हुँदा विगतको जस्तो दबाब र रक्सी, मासु, पेट्रोल, पैँसा जस्ता कुराहरुको प्रलोभनमा नपर्ने दावी गरे । जनताले विकास चाहेको बताउँदै कुर्मीले विकास गर्ने र स्वच्छ एवम् ईमान्दार छबी भएको व्यक्तिलाई मत दिने कुर्मीको विश्वास छ । निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका कुर्मीले आफ्नो पहिलो कार्यकालमा गरेको विकास निर्माणको कामकै कारण आफुलाई फेरी अवसर दिनेमा उनी ढुक्क छन् । त्याहाँका स्थानीय नेता एवम् कार्यकर्ताहरुले पनि कुर्मीको जित सुनिश्चित रहेको दावी गर्दै उनको प्रचारप्रसारमा कुनै कसर बाँकी नराखेको बताएका थिए ।
कुर्मी काम गर्ने नेता भएको हुँदा काम गर्नेलाई सबैले साथ दिनुपर्ने स्थानीयको भनाई छ । वडा नम्बर २ का वडाअध्यक्ष जितेन्द्र पटेल, जुगुल पटेल, लालबाबु प्रसाद, मैलाना सबिर लगायतको उपस्थिती रहेको थियो ।