News Desk
वीरगञ्ज - पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार ओमप्रकाश सर्राफले बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा घरदैलो गरेका छन् । हाम्रो नेपाली पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेदवार सर्राफले पानीटंकीमा घरदैलो गर्दै आफ्नो चुनाव चिन्ह लौरो (छडी) मा मतदान गरी आफुलाई विजयी बनाउन मतदाताहरुसँग आग्रह गरेका छन् ।
घरदैलोको क्रममा आफु निर्वाचित भएको प्रत्यक बर्ष क्षेत्र अन्तर्गतका एक हजार युवाहरुलाई सिपमूलक तालिम प्रदान गरि रोजगार बनाउने सर्राफको योजना छ । प्रतिबद्धताअनुरुपको काम नगरेमा सजाय भोग्न तयार रहेको बताउँदै उनले आफुलाई जिताउन अनुरोध गरेका हुन् ।
घरदैलो कार्यक्रममा हाम्रो नेपाली पार्टीकी समानुपातिक उम्मेदवार गुड्डी जोशी लगायतको सहभागिता रहेको थियो ।