News Desk
वीरगञ्ज - जसपा एमाले गठबन्धको संयुक्त चुनावी भेला सम्पन्न आज सम्पन्न भएको छ । पर्सा क्षेत्र नम्बर १ (क) अन्र्तगत वीरगञ्ज महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा संयुक्त चुनावी भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदिप यादवले गठबन्धनका उम्मेदवारहरुलाई ईमन्दारिपुर्वक भोट दिन आग्रह गरेका छन् ।
उनले जसपा र एमालेका कार्यकर्ता बिच कुनै मतभेद नरहेको र दुवै उम्मेदवार चुनाव बहुमतका साथ बिजयी हुने दावी गरे । पुर्वमन्त्री समेत रहेको यादवले सुख दुखमा पार्टी नै काम लाग्ने भएकोले पार्टीका उम्मेदवारलाई बिजयी गराउन अनुरोध गरेका छन् ।
स्वतन्त्र उम्मेदवारका रुपमा खडाका भएका नेताहरुको अस्तित्व संकटमा परेको बताउदै यादवले ईमन्दारिक पुर्व जनताले भोट दिने र यो क्षेत्रमा कुनै प्रतिस्पर्धा नहुने समेत जिकिर गरेका थिए ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादवले जसपा एमालेकोे गठबन्धन जिते मात्र यस क्षेत्रको बिकाश हुने ठोकुवा गर्नुभयो ।
जसपा एमाले गठबन्ध पवित्र गठबन्धन भएकोले ईमन्दारिक पुर्वक कार्यकर्ताहरुलाई भोट दिन आग्रह गरे । यादवले काँग्रेसले अर्थतन्त्रलाई तहसनसह पारेको र देशमा संकट आउन लागेकोले पनि देशलाई संकटबाट जोगाउन दुवै पार्टीका कार्यकर्ताहरुले जसपा एमालेका उम्मेदवारलाई भोट दिन आग्रह गरे छन् ।
यादवले ईमन्दारिपुर्वक भोट नदिए दुवै पार्टीलाई क्षति हुने र यो क्षति राष्ट्रिय राजनितिमा असर पार्ने यादवको कथन थियो । कार्यक्रममा नेकपा एमालेको सल्लाहकार बिश्वम्भर शर्मा, नगर सचिव सुन्दर कुर्मी, युवा नेता शिवजी गुप्ता, बासदेव यादव, जसपा नेता संतोष कुमार साह, सुलेमान अंसारी लगायतको उपस्थित थियो ।