News Desk
वीरगञ्ज - वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलहरुमा प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अंसारीले घरदैलो गरेका छन् । पर्साको क्षेत्र नम्बर १ (क) बाट पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार अंसारीले घरदैलोलाई निरन्तरता दिँदै बिहीबार वडा नम्बर १४ का मतदातासँग भेटघाट गरेका छन् ।
जनतासँगको साक्षात्कारका क्रममा अंसारीले जनतामा आशाको किरण छर्न र सपनाहरुलाई मुर्त रुप दिनका लागि आफुलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको बताए । लामो समयदेखि खोजे र सोचेजस्तै नेता नपाएकोमा निराश बनेका जनता अंसारीको उम्मेदवारीले आशावादी देखिएका छन् । निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने अंसारीले जितेमा जनता निराश हुन नपर्ने मतदाताको प्रतिक्रिया छ ।चाडवाड सकिएसँगै जनताको घरदैलोमा पुगेका अंसारीले अरु टोलहरुमा पनि पुगेर जनताको समस्या र गुनासो सुन्ने क्रमलाई निरन्तरता दिने बताएका छन् ।
अंसारीसँगै घरदैलोमा माओबादी केन्द्रका नेता एवम् कार्यकर्ताका साथै सत्ता गठबन्धनका नेता एवम् कार्यकर्ताहरु पनि उपस्थित थिए ।
Enter