News Desk
वीरगञ्ज - वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारले सयुँक्त रुपमा घरदैलो गरेका छन् । पर्साको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय चौरसिया र क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले सयुँक्त रुपमा घरदैलो गरेका हुन् ।
अलौका मतदातासँग भेटघाट गर्दै उनीहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मतका साथ बिजयी बनाउन आग्रह गरेका छन् । सत्ता गठबन्धनको विजयीले मात्रै देशलाई निकास दिने हुँदा गठबन्धनको विकल्प नभएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौरसियाले बताए । यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार कुर्मीले पनि चौरसियाको भनाईमा समर्थन जनाउँदै जनताले जिताएर पठाउने विश्वास व्यक्त गरेका छन् । अलौ एउटा ऐतिहासिक स्थल भएपनि ओझेलमा परेको बताउँदै कुर्मीले त्यसको संरक्षण एवम् संवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । आफुले त्यसमा अग्रसरता लिने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
घरदैलोका क्रममा नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी (एस) का वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी लगायत बाम गठबन्धनसँग आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।