अमूल्य मतको सही सदुपयोग गर्न कुर्मीले गरे आग्रह
News Desk
Nov-03 , 2022 तारिख 07:09 बेलुका

 


वीरगञ्ज, १७ कार्तिक । पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले अमूल्य मतको सही सदुपयोग गर्न मतदातालाई आग्रह गरेका छन् । मतदाताको एक मतले देश र जनताको भविष्य निर्धारण गर्ने हुँदा आफ्नो मतको सही सदुपयोग गर्न कुर्मीले आग्रह गरेका हुन् । 
बिहिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ सिवान टोलका मतदातासँगको भेटघाटका क्रममा कुर्मीले जनताको सुखदुख र पिर मर्का बुझ्ने उम्मेदवारलाई मतदान गर्न सुझाव दिएका हुन् । गलत उम्मेदवारलाई मतदान गरेर पछुताउनुभन्दा बेलैमा सोचेर सही र सक्षम व्यक्तिलाई चुन्नुपर्ने कुर्मीको भनाई छ । 
आफ्नो क्षेत्रमा निरन्तर रहेर जनताका आवश्यक्ता एवम् समस्याहरुको सम्बोधन गर्ने हर प्रयास गरेका कारण आफु पनि सक्षम रहेको उनले बताए । आफुले विकासको खाका र योजना बनाएको बताउँदै उनले त्यसलाई मुर्त रुप दिनका लागि मतदाताले मतदान गरेर सहयोग गर्नुपर्ने बताएका छन् । 
विकास प्रेमी जनताले आफ्नो काम र आफ्ना योजनाको विश्वास गरेर अवसर दिनेमा कुर्मी ढुक्क छन् । 
घरदैलोका क्रममा उनीसँगै पाँच दलीय सत्ता गठबन्धनबाट पर्साको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय चौरसियासहित अन्य गठबन्धनमा आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

धेरै पढिएको