बागी उम्मेदवारी दिएका अजय द्विवेदीले घरदैलो कार्यक्रमलाई दिए तिव्रता
News Desk
Nov-04 , 2022 तारिख 07:48 बेलुका

 


वीरगञ्ज – नेपाली कांग्रेसबाट टिकट नपाएपछि रुष्ट भएर बागी उम्मेदवारी दिएका अजय द्विवेदीले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।


पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार द्विवेदीले शुक्रवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षमणवाका मतदाताको घरदैलोमा पुगेका छन् । मतदाताहरुले उनलाई टिका र माला लगाउँदै स्वागत गरेका थिए भने जितको शुभकामना समेत व्यक्त गरेका थिए ।

झण्डै ४ दशकसम्मको नेपाली कांग्रेसबाट सक्रियपूर्वक राजनीति गरेका द्विवेदी कांग्रेसी नेताहरुको पनि मत पाउनेमा विश्वासका साथ निर्वाचनमा होमिएका छन् ।

उनीसँगै उनकी श्रीमती डा. सुष्मा तिवारी द्विवेदी एवम् उनका समर्थकहरु घरदैलोमा सहभागी थिए ।

धेरै पढिएको