News Desk
वीरगंज - पर्सा क्षेत्र नम्बर १ को (क) मा माओबादी केन्द्रका प्रदेशसभा सदस्य उम्मेदवार रहबर अंसारीको जित सुनिश्चित हुदै गएको भन्दै मतदाताहरुले नै विजयको टिका लगाइ दिन थालेका छन् ।
शनिबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १८ मा चुनावी घरदैलोका क्रममा पुगेका सत्ता गठबन्धनका समेत साझा उम्मेदवार रहेका अंसारीलाई स्थानीय मतदाताहूरले उत्साहित हुदै आशीर्वा दिदै जित सुनिश्चित हुदै गएको भनेर टिका लगाइ दिएका हुन । मतदाताहरुले यसपालि आफुहरुको एकमुष्ठ भोट माओबादीको नेतृत्वकै गठबन्त्रनलाई दिने सामुहकि घोषणा पनि गरे । युवा देखि बृद्धबृद्धा मात्र नभइ गृहिणी महिलाहरुले पनि यसपालिको आफनो रोजाइ अंसारी नै भएको भन्दै समर्थनमा नारा पनि लगाएका थिए ।
मतदाताहरुको स्वागतबाट उत्साहित प्रदेशसभा सदस्य पदका उम्मेदवार अंसारीले आफना क्षेत्रका जनताको जीवनस्तरमा सुधार नै मुख्य लक्ष्य रहेको बताए । किसान र मजदुरहरूको आर्थिक समुन्नति पनि प्रमुख प्राथमिकतामा रहेको अंसारीले बताए । उनले मधेसको मसिहा बताउदै आएको जसपा अहिले सिटको लोभमा मधेस विरोधी एमालेसंग अपबित्र गठबन्धन गरेकाले अब जसपा पनि मधेस विरोधीकै कित्तामा उभिएकाले मधेसी जनताबाट बहिष्कृत हुने बताए ।