News Desk
अमेरिकन आइडल २०२० का रनरअप आर्थर गन ९दिबेश पोखरेल० लाई लुम्बिनी कपिलवस्तु अभियान लुम्बिनी-कपिलवस्तु विश्व अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको छ । म्याजिक मम क्याफे फुटस्क्रेमा आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा उनलाई अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको हो । अभियानको उद्धेश्य प्राप्ती कार्यमा आ-आफ्नो कामका आधारमा योगदान पुर्याएका पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री र राजदूतहरुलाई समेत सम्मान गरिसकेको र नेपाल र नेपालीको शिर उचो बनाउन योगदान पुर्याउने राष्ट्रिय अन्तराष्टिय सेलिब्रिटिहरुलाई अभियानको दूत नियुक्त गरी सम्मान गर्दै आईएको संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । अमेरिकन आइडलमा सहभागी भएर २०२० मा रनरअप बनी नेपाल र नेपालीको शिर उचो राख्न योगदान गरेका कारण आर्थर गनलाई वुद्धको जन्मस्थल बिषयमा रहेको विश्वब्यापी दिग्भ्रम निस्तेज गर्ने अभिप्रायका साथ अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको उनले बताए।
माभेन कन्सल्टिगं ग्रुप मेलबर्न का संस्थापक एबं बिजिनेस डेभलोपमेन्ट डाइरेक्टर एबं माभेन ईन्टरटेनमेण्टका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत भिक्की श्रेष्ठ र एस ईभेण्ट्स एण्ड मल्टिमिडियाका निर्देशक सुनोद श्रेष्ठद्धारा माभेन नार्यट फिट आर्थर गन ६ नोभेम्बरमा आयोजना गर्न लागिएको कार्यक्रमका लागि बिभिन्न किसिमबाट योगदान पुर्याउने सबैको योगदानको फेहरिस्त पेश गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै सबैप्रति आभार प्रकट गरे ।
आर्थर गनले अस्ट्रेलियाका मुख्य शहरहरुमा आफ्नो प्रस्तुति दिनेछन । मेलबर्नपछि उन्ले १७ नोभेम्बरमा सिडनीमा प्रस्तुति दिनेछन । मेलबर्नको उन्को प्रस्तुतिमा भ्वाइस अफ नेपाल २०१८ का रनरअप कुशल आचार्य र भ्वाइस अफ नेपाल ३ को उत्कृस्ट १० मा पर्न सफल निहारिका ज्ञवालीले पनि साथ दिनेछन ।