News Desk
वीरगंज - पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने छिपहरमाई गाँउपालिका वडा नम्बर ३ जयमङ्गलापुरमा नेपाली काँग्रेसका प्रतिनधिसभा सदस्यका उम्मेदवार रमेश रिजालको भव्य स्वागत गरिएको छ । चुनावी घरदैलोका क्रममा आइतबार बिहान पुगेका रिजाललाई जयमङ्गलापुर र बुडगाइका मतदाताहरुले अबिर टीका र माला लगाएर स्वागत गरेका हुन् ।
घरघरबाट स्वस्फूर्त रुपमा निस्किएर गृहिणी महिला, बृद्धबृद्धा र युवाहरुले रिजाललाई स्वागत गर्दै यसपालि अत्याधिक मत दिएर काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउने घोषणा पनि गरे। त्यस क्रममा काँग्रेस केन्द्रीय सदस्य समेत रहेका रिजालले जनताको अपार माया , समर्थन र भरोसाले आफुलाई थप जिम्मेवार बनाएको भन्दै जनताको यो भरोसालाई आफुले कदापि टुट्न नदिने वाचा गरे । मतदाताहरुसंग उनले भने, तपाईहरुको यो आत्मियताले म आजन्म ऋणी भएको छु , यसलाई म बाँचुन्जेल चुकाउने कोशिश गरिरहने छु ।
चुनावी घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्यमा माओवादी केन्द्रकि उम्मेदवार शेख चाँद ताराका साथै काँग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।