चुनावी प्रचार प्रचार कार्यक्रमलाई निरन्तरता दिदै चौरसिया र कुर्मी
News Desk
Nov-06 , 2022 तारिख 06:26 बेलुका

 


वीरगञ्ज - पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धनले चुनावी प्रचार प्रचार कार्यक्रमलाई निरन्तरता दिदै शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर ६ मा घरदैलो गरेको छ ।
गठबन्धनबाट नेपाली काँगेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र लोसपाका प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले शनिबार साँझ नेता कार्यकर्ताहरुका साथ वडा नम्बर ६ माइस्थान, महावीरस्थान लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरेका हुन् ।

शनिबार वडा नम्बर ६ मा भएको चुनावी घरदैलो कार्यक्रममा काँग्रेस पर्साका पूर्व सभापति एंव संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य पनि सहभागी थिए । घरदैलोका क्रममा चौरिसयासंगै मतदाताको घरदैलोमा पुगेर अमात्यले  गठबन्धनका उम्मेदवारको लागि मत मागे । उनले काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको जित मुलुकका लागि आवश्यक्ता भएकोले गठबन्धनका उम्मेदवारलाई अत्याधिक मत दिएर जिताउन मतदातासंग आग्रह पनि गरे ।

घरदैलो कार्यक्रममा प्रतिनिधीसभा सदस्य चौरसियासंगै मतदाताको घदैलोमा पुगेर पूर्व जिल्ला सभापति अमात्यले मत माग्न थालेपछि यसले पर्सा २ मा काँग्रेस नेतृत्वको गठबन्धन अझ मजबुत भएको काँग्रेसी नेताहरुले बताएका छन् ।

मनोनयनका दिनदेखि नै टिकट नपाएर असन्तुष्ट भएका अमात्यले चौरिसियालाई सहयोग नगर्ने चर्चा व्यापक थियो । तर त्यो चर्चा शनिबारदेखि झुठो साबित भएको छ । अमात्यले शनिबारदेखि चौरसियाका लागि आफै मतदाताका घर घरमा पुगेर मत माग्न शुरु गरिसकेका छन् ।

यसले पर्सा २ मा आम काँग्रेसीहरुको मनोबल झन् बढेको काँग्रेसका नगर सभापति मणिन्द्रलाल श्रेष्ठले बताए । पर्सा २ मा प्रतिनिधीसभा सदस्यमा काँग्रेसका उम्मेदवार चौरसियाले बजारको हल्लामा कुनै सत्यता नरहेको भन्दै अमात्य पार्टीका वरिष्ठ नेता भएको र अमात्य आफुलाई जिताउन कम्मर कसेर लागेको बताए । 

 


शनिबारको घरदैलो कार्यक्रममा मधेश प्रदेशका पूर्व मन्त्री ओम प्रकाश शर्मा, काँग्रेस क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन, काँग्रेस नेता राकेश सिंह, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का पूर्व वडाअध्यक्ष रामनगीना साह कानु, काँग्रेस नेता दिना गुप्ता, विजय कर्ण, रोशन लामिछाने, जिल्ला कार्य समिति सदस्य ज्योतिष सम्राट पुरुषोत्तम दुबे, नगर सहसचिव दिपक साह, सज्जन अग्रवाल लगायत कांग्रेस, लोसपासहित गठबन्धनका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

धेरै पढिएको