रहबर अन्सारीप्रति दिनप्रतिदिन जनलहर बढ्दै
News Desk
Nov-07 , 2022 तारिख 11:51 बिहान

वीरगञ्ज – पर्साको क्षेत्र नम्वर १ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अन्सारीप्रति दिनप्रतिदिन जनलहर बढ्दै गएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर २६ परसौनीमा सोमबार भएको घरदैलोमा मतदाताको उपस्थितिले रहबर हिप्रतिको जनलहर बढेको देखाएको हो । उम्मेद्वार अन्सारीप्रति मतदाताको भरोसा बढ्नुका साथै अंसारीको लोकप्रियता बढ्दै जानुले उनको जित कसैले रोक्न नसक्ने त्यहाँका मतदाताहरु बताउँछन् ।

अहिले देशले नै परिवर्तन खोजिरहेका बेला यहाँ उम्मेद्वार अन्सारीको विकल्प नभएको बताउँदै मतदाताहरुले अन्सारीलाई विजयीको आशिर्वाद दिँदै फुल माला लगाइदिएका थिए । परसौनीका मतदाताको घरदैलोमा पुगेर उम्मेद्वार अन्सारीले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई मतदान गरेर विजयी बनाउन आग्रह गरे । अहिले दलका नेताहरु विभिन्न प्रलोभन दिँदै गाउँगाउँ आउने हुँदा उनीहरुको चिप्ला कुरामा नफस्न र परिवर्तनका लागि साथ दिन मतदातासँग उनले आग्रह गरे ।घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

धेरै पढिएको