एमाले र लोसपाका प्रभावशाली युवा नेताहरु एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश
News Desk
Nov-07 , 2022 तारिख 08:01 बेलुका

 

वीरगञ्ज २१ कार्तिक । वीरगञ्जमा नेकपा एमाले र लोसपाका प्रभावशाली युवा नेताहरु एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलको पहलमा एमालेका प्रभावशाली युवा नेताहरुको समुह काँग्रेसमा प्रवेश गरेका हुन् । 

सोमबार वीरगञ्जको रोधमाइमा आयोजित एक कार्यक्रममा एमालेका युवा नेता एवम् पूर्वमन्त्री मन्त्री विमल श्रीवास्तवका स्वकीय सचिव चन्दन मिश्रा, रञ्‍जन मिश्रा, सन्नी गुप्ता, सुरेन्द्र यादव, सन्तोष गुप्ता, विशाल पाण्डे गरि दर्जनौ नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । 

 


नवप्रवेशीहरुलाई काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार पटेलले अबीर टिका र टोपी लगाइ दिएर काँग्रेसमा स्वागत गरे । 

उनिहरुलाइ पार्टीमा स्वागत गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले काँग्रेस प्रति युवा पुस्ताको आकर्षण बढ्दै  गएको र यसले चुनावमा काँग्रेसको जितलाई सुनिश्चित बनाइरहेको भन्दै खुशी व्यक्त गरे । उनले काँग्रेस प्रति आम जनताको भरोसा र आशा रहेको भन्दै मुलुकको समृद्धि काँग्रेसबाटै सम्भव रहेको पनि बताए ।

धेरै पढिएको