जनतालाई राजनीतिक दलले पटक पटक झुक्याए : दिपक सिंह महर्जन
News Desk
Nov-08 , 2022 तारिख 02:58 बेलुका

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ बाट एकीकृत शक्ति नेपालका उम्मेदवार दिपक सिंह महर्जनले आगामी तीन दशकदेखि राजनीतिक दलले नेपाली जनताहरुलाई पटकपटक झुक्याएको आरोप लगाएका छन् । उनले आफ्नो विचार व्यक्त गर्दै संविधान र गणतन्त्र आएमा पनि व्यवहारमा परिवर्तन हुन नसकेको आरोप लगाएका हुन् ।

‘विगत तिन दशक भन्दा धेरै राज्यको शासन गरि आएका राजनितिक दलहरूले नेपाली जनताहरूलाई सधैभरि पटक पटक झुक्याइ्रह्यो। नेपाली जनताहरूको जीवन स्तरमा कहिल्यैपनि कुनै सुधार देखिएन ।’ उनले भनेका छन् ।देश विकासको नाममा सडक निर्माण, ठूला निजी भवनहरु निर्माणदेखि निजी अस्पताल र विद्यालय खुले पनि जनताको जीवनस्तर उकासिन नसकेको बताए ।

‘कालोपत्रो गरिएको सडकहरू निर्माण भए, ठुला(ठुला निजी भवनहरू निर्माण भए, ठुला सपिङ्ग सेन्टर लगायत निजी अस्पतालहरू र निजी विध्यालयहरू पनि धेरै सङ्ख्यामा निर्माणहरू भए तर जनताको जीवनको स्तरलाई बलियो बनाउन चाहि कुनै राजनितिक दलको नेताले भने सकेनन् ।’ उनले भने ।

त्यसैगरी उनले राष्ट्रलाई सम्पन्न बनाउनका लागि पहिला जनतालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

धेरै पढिएको