लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न
News Desk
Nov-10 , 2022 तारिख 02:40 बेलुका

वीरगञ्ज, २३ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । लोसपा वीरगञ्ज महानगर अध्यक्ष शेख फिरोजको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा एमाले वडा इकाइ कमिटीका अध्यक्ष सम्सेरिन मंसुरीको नेतृत्वमा ५० जना लोसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अविर र माला लगाउँदै पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले स्वागत गरेका थिए । पार्टीमा स्वागत गर्दै कुर्मीले समयमै सही दिशामा आएको भन्दै सह्राना गरे । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका कुर्मीले लोसपा नै मधेशी समुदायको साझा पार्टी भएको जिकिर गरे ।

सिमान्तकृत समुदायका आवाजहरुको प्रतिनिधित्व लोसपाले नै गर्ने बताउँदै उनले अबको निर्वाचनमा लोसपाले राम्रो स्थान पाउने दावी गरे । लोसपाप्रति जनताको विश्वास रहेको बताउँदै उनले पुनः सत्ता गठबन्धनकै सरकार बन्ने बताए । प्रदेश सभा सदस्य हुँदा आफुले आफ्नो क्षेत्रमा गरेका कामकै मुल्यांकन गरेर पुनः आफुलाई मत दिन पनि उनले आग्रह गरेका छन् ।

सो अवसरमा लोसपाका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

धेरै पढिएको