कुर्मीले सिसोबारीका मतदातासँग गरे भेटघाट
News Desk
Nov-11 , 2022 तारिख 03:03 बेलुका

 

 

वीरगञ्ज, २५ कार्तिक । पर्सा क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १ सिसोबारीका मतदातासँग भेटघाट गरेका छन् ।

मंसिर ४ गतेको निर्वाचन नजिकिदै जाँदा घरदैलो अभियानलाई तिव्रता दिँदै पाँच दलीय सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार कुर्मी सिसोबारीमा पुगेका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट पर्सा २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार कुर्मीले सिसोबारीका मतदातासँग मत मागेका छन् ।

 


साइकल छापमा मतदान गरेर आफुलाई भारी मतले विजयी बनाउन उनले आग्रह गरेका छन् । चुनावी प्रचारप्रसारलाई निरन्तरता दिँदै कुर्मीले आफुले यसअघिको कार्यकालमा गरेका कामको मूल्यांकन गरेर मतदान गर्न मतदातासँग अपिल गरेका छन् ।

सँधै जनताकै सेवामा सक्रिय रहेको हुँदा यस क्षेत्रका लागि कुर्मी नै योग्य उम्मेदवार भएको सिसोबारीका मतदाताको प्रतिक्रिया छ । कुर्मीलाई पाँच दलीय गठबन्धनको साथ भएको हुँदा उनको जित सुनिश्चित भएको उनीहरुको भनाई थियो । त्यसलगत्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का मतदातासँग पनि कुर्मीले भेटघाट तथा छलफल गरेका छन् ।

 


सो अवसरमा पर्साको क्षेत्र नम्बर २ का सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय चौरसियासहित कांग्रेस, लोसपा एवम् गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

धेरै पढिएको