बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अन्सारी घरदैलोमा व्यस्त
News Desk
Nov-13 , 2022 तारिख 12:58 बेलुका

वीरगंज - निर्वाचन आउन ७ दिन बाँकी रहेको छ । उम्मेदवारहरु घरदैलोलाई निरन्तरता दिदै व्यस्त रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेसभा निर्वचन १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहबर अन्सारी पनि घरदैलोमा नै व्यस्त छन् । शनिबार विभिन्न स्थानमा घरदैलो गर्नुभएका अन्सारीले आईतबार पनि बिहानैदेखि घरदैलोलाई जारी राख्नु भएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा पर्ने १० वटा वडाको ४४ वटा गाउँमै पुगेर अन्सारीले मतदाताहरुका सुखदुख बुझ्नुभएको छ ।

यहि क्रममा आईतबार वीरगन्ज मनियारीमा घरदैलो गर्नुभएको छ । घरदैलोमा उहाँलाई युवादेखि वृद्धसम्मले साथ दिएका छन् । मनियारीका स्थानीयले उहाँलाई भव्य स्वागत गर्दै यसपटकको प्रदेशसभा निर्वाचनमा रहबरको विकल्प नभएको बताए । पार्टी भन्दापनि व्यक्तिको योग्यता र क्षमता हेरेर मतदान नगर्दा पटक पटक जनताले दुःख पाउने गरेको बताउदै स्थानीयले आफूले स्वतन्त्र रुपमा छान्न पाउने उम्मेदवार पनि कसैको प्रभाव, दबाव र प्रलोभनमा छान्दा समस्या हुने बताएका थिए ।

धेरै पढिएको