पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धनले चुनावी प्रचार प्रचार र घरदैलो तथा छलफल कार्यक्रमलाई दिए निरन्तरता
News Desk
Nov-13 , 2022 तारिख 06:20 बेलुका

 


वीरगंज - पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धनले चुनावी प्रचार प्रचार र घरदैलो तथा छलफल कार्यक्रमलाई आईतबार पनि निरन्तरता दिएको छ ।

गठबन्धनबाट नेपाली काँगेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र लोसपाका प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले आईतबार वीरगंज महानगरपालिका वडा नम्बर १० कुमारी माई मन्दिर लगायतका स्थानमा नागरिक समाजसंग बृहत छलफल एवम् भेटघाट कार्यक्रम गरेका हुन् ।


आईतबार वडा नम्बर १० मा भएको चुनावी घरदैलो कार्यक्रममा मधेश प्रदेशका पुर्व मन्त्रि तथा नेपाली काँग्रेसका ओम प्रकाश शर्मा लगायतको पनि सहभागीता थियो ।

घरदैलोका क्रममा चौरिसयासंगै मतदाताको घरदैलोमा पुगेर शर्मा लगायतका नेताले पनि सत्तगठबन्धनका लागि मत मागेका हुन् ।

धेरै पढिएको