कृषि पर्यटनमार्फत देशमा आमुल परिवर्तन ल्याउन मेरो उम्मेदवारी : शाक्य
News Desk
Nov-13 , 2022 तारिख 07:44 बेलुका

 


काठमाडौं ।  मंसिर ०४ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक राष्ट्रिय मन्च थरुहटका तर्फबाट बागमती प्रदेश सभामा समानुपातिक सदस्य उम्मेदवार रहनु भएका आर के शाक्य (राजु) ले कृषि पर्यटनमार्फत देशमा आमुल परिवर्तन ल्याउन आफुले उम्मेदवारी दिएको बताउनुभएको छ । चुनावी प्रचारका क्रममा उहाँले सो कुरा बताउनु भएको हो । ‘रोजगारी सिर्जना र स्वदेशी उत्पादनको प्रबर्धन गर्ने लक्ष्य सहित कृषि पर्यटन मार्फत देशमा आमुल परिवर्तन ल्याउने सोचका साथमा म  चुनावी मैदानमा होमिएको हुँ’ उहाँले भन्नुभयो ‘तमाम मतदाता आमाबुवा, दाजुभाइ दिदी बहिनीहरुले हाम्रो चुनाव चिन्ह घैला (गाग्री) मा स्वस्तिक छाप लगाइ अमुल्य मत प्रदान गर्नु नै  हुनेछ भन्नेमा हामी निस्चिन्त छौँ ।’ 


आर के शाक्य (राजु) को संक्षिप्त परिचय 

आर के शाक्य (राजु) एक सफल पर्यटन व्यवसायी, उद्योगपती 
एवम समाजसेवी हुनुहुन्छ । उहाँको जन्म काठमाडौंमा भएको हो । उहाँले कमर्स बिषयमा ग्राजुएसन गर्नुभएको छ । सन् १९७८ मा जापान पुगेर उहाँले अध्ययनसँगै व्यवसायमा हात हाल्नु भएको थियो । जापानमा व्यवसाय गर्दैगर्दाको अवस्थामा स्वदेशमा पनि केही गर्नुपर्छ भन्ने सोच बोकेर नेपाल फर्कनु भएका उहाँले पर्यटन उद्योग अन्तर्गत  ट्राभल  होटल र एयर क्राफ्टको क्षेत्रमा लगानी गर्नुभई समाजसेवामा समेत सकृय रहन थाल्नुभयो । यसै माझ उहाँले अमेरिकामा समेत एयर क्राफट उद्योगसँग जोडिएर अन्तरराष्ट्रिय व्यापारमा समेत संलग्न रहनुभयो । पछिल्लो समय उहाँ  समाजसेवामा निकै सकृय हुनुहुन्छ । मंसिर ०४ गते हुन गईरहेको निर्वाचनमा उहाँ  घैला ( गाग्री) चुनाव चिन्ह रहेको लोकतान्त्रिक राष्ट्रिय मन्च थरुहटका तर्फबाट बागमती प्रदेश सभामा समानुपातिक सदस्य उम्मेदवार बन्नुभएको छ । रोजगारी सिर्जना, विश्व बजारमा स्वदेशी उत्पादनको बजारीकरण प्रबर्धन,  कृषि पर्यटन विकास जस्ता जनमुखी र स्वाबलम्बन उन्मुख अर्थतन्त्रका निम्ती आफु राजनीतिकमा आएको उहाँले बताउदै आउनु भएको छ ।

धेरै पढिएको