३६ खेलसम्म अपराजित अर्जेन्टिना, कीर्तिमान बराबरी गर्न एक खेल टाढा
News Desk
Nov-17 , 2022 तारिख 10:42 बिहान

 काठमाडौं-२०७९ मंसिर १ गते

 अर्जेन्टिनाले कतार विश्वकपअघि बुधबार राति भएको मैत्रीपूर्ण खेलमा यूएईलाई ५-० ले पराजित गरेको छ ।

अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्‍याएको छ ।

अब लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल टाढा छ ।

सन् २०१९ को कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिनाले हार बेहोरेको छैन ।

 

धेरै पढिएको