News Desk
१ मंसिर, विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ८२ लाख भन्दा बढी रकम ठगी गरेर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सुन्दरहरैँचामा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।