विश्वकप फुटबल हेर्दा नेपालीलाई थप शुल्क तिर्नुपर्ने
News Desk
Nov-17 , 2022 तारिख 11:55 बिहान

काठमाडौं–१ मंसिर २०७९

काठमाडौं,सर्वोच्च अदालतले विश्वकप हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने आदेश दिएको छ ।

प्रसारण विवादमा अल्पकालीन अन्तरिम आदेश खारेज सर्वोच्चले गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ ।

मिडिया हबले थप शुल्क उठाउने प्रक्रिया सुरु भएपछि परेको रिटमा सर्वोच्चले रोक लगाएको थियो ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको आदेश खारेज गर्दै मिडिया हबलाई शुल्क उठाउन बाटो खोलेको हो ।

मिडिया हबले उपभोक्ताबाट थप ५ सय रुपैयाँ लिने बताएको छ ।

धेरै पढिएको