भ्रम छरेको भन्दै रिजालले दिए चेतावनी, हल्लाको पछि नलाग्न मतदातालाई गरे आग्रह 
News Desk
Nov-17 , 2022 तारिख 12:14 बेलुका

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका सुनिल रिजालले आफुले कसैको ईशारामा उम्मेदवारी नदिएको स्पष्ट पार्दै त्यस्ता हल्लाको पछि नलाग्न मतदाताहरु समक्ष आग्रह गरेका छन् ।  गठबन्धन/ एमालेको ईशारामा डमी उम्मेदवारको रुपमा आफुलाई चित्रण गरिएकोमा आपत्ती व्यक्त गर्दै आफु विशुद्ध रुपले स्वतन्त्रकै हैसियतमा निर्वाचनमा होमिएको उनले  स्पष्ट पारेका हुन ।  

रिजालले आफु नेपाल सरकार- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जागिर छाडेर उम्मेदवार बनेको उल्लेख गर्दै यस्ता भ्रम सिर्जना नगर्न-नगराउन तथा भ्रमबाट दिग्भ्रमित नहुन सम्बन्धित सबैमा अनुरोध समेत गरेका छन् ।             

मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सबैमा हार्दिक शुभकामना दिदै उनले भनेका छन् ‘प्रतिनिधि सभा निर्वाचनमा म सुनिल रिजाल काठमाडौँ क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवार “ पुतली “ चुनाव चिन्ह लिएर आईरहेको सम्पूर्णलाई जानकारी नै छ र निर्वाचन आयोगले दिएको समयसिमा भित्र रहेर मैले घरदैलो कार्यक्रम गर्दै सकेसम्म सबै मतदाताहरुसम्म पुग्ने प्रयास गरेको छु । घरदैलो आउने क्रममा कुनै मतदाताज्यूहरुको घर छुट्न गएको भए देखि सम्पूर्ण मतदाता यही मार्फत पुनश्च अनुरोध गर्दछु कि मङ्सिर ४ मा आफ्नो अमुल्य मत स्वतन्त्र चुनाव चिन्ह “पुतली” मा मतदान गरि विजय हासिल गराउनु हुन् हार्दिक अनुरोध गर्दछु ।’ 

घरदैलोको क्रममा “पुतली” चुनाव चिन्ह अग्रस्थानमा रहँदा विभिन्न राजनीतिक दलका कार्यकार्ताहरुले विभिन्न गलत प्रचार गरेको भन्दै उनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए । निर्वाचन आयोगको आचार संहिता विपरित कार्य गरेकोमा आफुले कानुनी उपचार खोज्ने बताउदै उनी भन्छन्  ‘उक्त गलत प्रचारप्रसार नगर्नु - नगराउनु हुन् सम्बन्धितमा अनुरोध छ अन्यथा निर्वाचन आयोगको आचार संहिता विपरित कार्य गरेकोमा मैले कानुनी उपचार खोज्नु पर्ने नै हुनेछ’ ।  

फोहरी राजनिति नगर्न चेतावनी दिदै यस्ता हल्ला चलाउने व्यक्तिलाई प्रमाणित गरेर देखाउन रिजालले चुनौती समेत दिए । ‘कसै सित बोल्दैमा, फोटो खिच्दैमा यो-त्यो बाट संचालित हुन्छ भन्ने भ्रम सिर्जना नगर्नुहोस् । आउनुहोस खुला बहस गरौ प्रमाण सहित, हिजोको जस्तो आज तपाइँहरुले भन्दैमा जनताले पत्याउन पर्ने र पत्याउछन् भन्ने गलत भ्रममा नपरौ । सभ्याता-संस्कारको राजनीति गरौ’ उनले भने ।  

रिजालको स्पष्टीकरण :-

१) सुनिल रिजाललाई गठ – बन्धन / एमाले ले Dummy उम्मेदवार उठाएको ?

-सुनिल रिजाल न हिजो कुनै राजनीतिक दलसंग सम्बन्धित थियो न आज । सुनिल रिजाल नेपाल सरकार- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बाट Dumy उम्मेदवारको लागि पक्कै आएको होइन । तसर्थ, यस्था भ्रम सिर्जना नगर्न-नगराउन हुन् सम्बन्धितमा सुचित गरिन्छ ।

२) सुनिल रिजालको USA को VISA रहेको छ र अमेरिकाबाट संचालित हो ?

-सुनिल रिजालले सम्बृद्ध नेपाल र नेपालको लागि आफ्नो उम्मेद्वारी दिएको हो । म राजनीतिमा आउनु पर्ने अर्को कारण भनेको यो देशमा हामी जस्ता युवाले भविष्य देखेनौ । सधै विदेश अनि DV मै रमाउने । विदेश नै आफ्नो ठान्ने । यसरी मुलुक चल्छ, अब हामी जस्ता युवा राजनीति मूलधारमा आउनै पर्ने भो, यो देशमा केही गर्न सकिने विश्वासको साथ म आएको हो । युवाको श्रम, सीप र समर्पणले देश बन्ने हो । विगतमा अमेरिकी जनताले त्यही गरि सम्पन्न अमेरिका बनाए । दुनियामा चमत्कार भो ३० वर्षमा तर हाम्रोमा ३० वर्ष पछि फेरि उनै अनुहार, उनै झुठा आश्वासन, उनै गुलिया भाषण, अब नचेते कहिले चेतने? ३० वर्षको ठिटोलाई भोट नदिएर फेरि ३० वर्ष देखि सांसद भएकोलाई नै भोट, यँहा तपाईंले पार्टी नभन्नुस्, जात नभन्नुस्, वर्ण नहेर्नुस्, कृपया बेइमानीहरुलाई आफ्नो नठान्नुस्। मंसिर ४ ले यो अवसर जुराइदिएको छ। पछुताउने कर्म नगर्नोस्, आफ्नो छोरा नातिको भविष्य सोच्नुस्।

म कुनै देश-कुनै वेक्ति केन्द्रित संग आवद्ध नभएको तथा मेरो पासपोर्टमा केहि सिमित देशहरुको बाहेक USA को भिसा भएको प्रमाणित गर्नुहोस् । 

३) कुनै पार्टीले सिमित लगानी गरेको छ रे ?

-निर्वाचनको क्रममा मैले कसै सित प्रत्क्षय रकम माग गरेको छैन र निर्वाचन केन्द्रित भएर रकम उठाउन आएको पनि होइन र निर्वाचनलाई हुने सामान्य खर्च बाहेक मैले अन्य कुनै खर्च गरेको पनि छैन र हामी स्वतन्त्रहरु हिजोका राजनीतिक दलहरुले गर्ने गरेको खर्चिलो चुनावको बिरुद्ध हो । निर्वाचनमा हुने सामान्य खर्च मैले मेरो आफ्नो बचत, परिवार तथा केहि अनन्य मित्रहरुले गर्नु भएको सहयोगले खर्च व्यस्थापन गर्दै आएको छु । र म स्वयं सेवामा रहँदा साथ-साथै बिभिन्न संस्थाहरुमा आवद्ध हुँदा आहिले मतदातामा हल्ला गरेको रकम म काम गरेको केहि महिनामा आर्जन गर्न सक्ने हुँदा उक्त रकमको लागि पक्कै मैले सम्पूर्ण कुरा त्याग गर्ने अवश्य भएन । 

४) सुनिल रिजालले उम्मेद्वारी छोडेको हो ?

-मेरो उम्मेद्वारी काठमाडौँ ९ मा सुरुमा नै स्वतन्त्र भएर आएको हो सो दिन देखि म निरन्तर लागि परेको छु र मिति २०७९ श्रावण १ देखि मैले मेरो जागिर छोडेर राजनीतिमा आएको पुनश्च: सबैमा प्रस्ट पार्न चहान्छु तसर्थ मेरो उम्मेद्वारी कायम छ र रहन्छ । भ्रमको पछि नलाग्नुहोस् । ढुक्क साथ पुतली चुनाव चिन्हमा मतदान गर्नुहोस् । तपाईहरुले दिनु हुने हरेक मतको मैले सम्मान गर्दै मैले ल्याएका एजेण्डा तथा प्रतिबद्दत्ता पुरा गर्नमा लागि पर्नेछु । नतिजा जे-सुकै भएता पनि हरेक समय तपाईहरुको साथ हुनेछु र मैले कुनै राजनीतिक दलहरुलाई समर्थन गरेको छैन ।

Politics भित्रको Dirty Politicy नगर्न यस्ता हल्ला चलाउने ती वेक्तिहरुमा मेरो चेतावनी छ । कसै सित बोल्दैमा, फोटो खिच्दैमा यो-त्यो बाट संचालित हुन्छ भन्ने भ्रम सिर्जना नगर्नुहोस् । आउनुहोस खुला बहस गरौ प्रमाण सहित, हिजोको जस्तो आज तपाइँहरुले भन्दैमा जनताले पत्याउन पर्ने र पत्याउछन् भन्ने गलत भ्रममा नपरौ । सभ्याता-संस्कारको राजनीति गरौ ।

धेरै पढिएको