संसद्लाई निँदाउने होइन, कामगर्ने थालो बनाउने हो: कुन्तीदेवी पोख्रेल 
News Desk
Nov-17 , 2022 तारिख 12:27 बेलुका


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केद्रीय सदस्यतथा काठमाडौं क्षेत्र नं २ की प्रतिनिध सभा सदस्य उम्मेदवार कुन्तीपोख्रेलले संसदलाई निँदाउने नभएर कामगर्ने थलो बनाउनकालागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । उनले अघि कतिपय सांसद्हरु संसदमागएर निँदाउने गरेको भन्दै अब त्यो ठाउँ निँदाउन नभै कामगर्ने थलोको रुपमा रुपान्तरण गर्न आफूले चुनाव जित्नुपर्ने बताएकी छिन् । संसद्लाई नेपालको समृद्धि हासिल गर्नको लागि योजना बनाउने थलो बनाउनुपर्ने त्यसको आफूसँग योजनाको भन्दै ‘हलो’मा भोट हालेर जिताउन मतदातासँग आग्रह गरेकी छिन् ।

कोटेश्वरमा भएको आममतदाता तथा पार्टी कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उनले उनले भनिन् 'नेपालको संसदमा कहाँ कसरी विकास गनगर्ने भन्ने विषयमा छलफल हुनुपर्ने थियो तर त्यहाँ त कतिपय सांसदहरु अल्छी लागेर निँदाएको दृश्यतपाईं हामीले प्रशस्तै देखेका छौं । वास्तवमा नेपालीजनताले यस्तो प्रकारको समस्याभोगिरहनु परेको छ यो दूर्भाग्यपूर्ण हो,’ उनले भनिन्, ‘हामीजस्ता योग्यता, क्षमता र दक्षताले भरिपूर्ण युवाहरुले आगामी संसदलाई विकासकालागि राम्रा योजना बनाउने थलोको रुपमाविकास गर्ने हो ।’ देशमा कहाँ के विकास गर्ने भन्ने प्रकारका संसद बनाउनुपर्छ भन्ने विषयमा अब आउने संसदमा छलफल हामी छलफल गर्छौं । ‘यस अघिका सांसद्हरुले संस्थालाई हाजिर पड्काएर भत्ताखाने थलो मात्रै बनाएको भन्दै अब हामी त्यहा ँपुगेर देश र जनताको विकासकाकामको योजना बनाउँछौं,’ पोख्रेलले प्रतिवद्धता जनाइन् ।

आज मुलुकमा अधिकांश पढेलेखेका सक्षम, क्षमतावान र सीपले भरिपूर्ण युवाहरु बेरोजगार भएर विदेशिन वाध्य भएको भन्दै त्यस्ता जनशक्तिलाई सीप र क्षमताको आधारमा देश विकासमा लगाउनुपर्नेमा जोड दिइन् । उनी अगाडि भन्छिन्, ‘पुराना नेताहरुसँग युवाहरुको आवश्यकताअनुसार कामगर्ने योजना नभएर पनि संसदमा निदाउनुभएको हुनसक्छ भन्दै अब त्यस ठाउँमा नयाँ भिजन भएका युवा पुग्नुपर्छ, त्यसको लागिआफूले उम्मेदवारी दिएको हो ।’  पोख्रेलले आज मंसिर १ गते कामाठमाडैं २ अन्तर्गत सिनामंगलका मतदातासँग भेटघाटका क्रममा कुरा गर्दै यस्तो बताएकी हुन् ।

धेरै पढिएको