News Desk
काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजार मुल सडक छेउमा पार्किङ गरि राखेका बाईकहरु उठाएको छ । महानगरले एकै पटकमा सयौको संख्यामा बाईकहरु उठाएको हो । अनधिकृत पार्किङ गरेको ठहर गर्दै महानगरले ति बाईकहरु उठाएको बुझिएको छ ।
बागबजार स्थित टुकुचा खोला पुल आसपासदेखी बाईक उठाउन शुरु गरेको महानगर प्रहरी टोलीले समाचार तयार पार्दासम्म पिके क्याम्पस अगाडीबाट बाईहरु उठाईसकेको छ ।