News Desk
बीरगञ्ज ४ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेवार एवं पूर्वमन्त्री प्रदिप यादवले मतदान गरेका छन् ।
यादवले बीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा रहेको मतदान केन्द्रमा मत हाल्न बिहान करिब ७ः३० बजे पुगेका थिए ।
उनले मनियारको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय मनियारी केन्द्रमा मदान गरेका छन् । मतदान गरिसकेपछि यादव केही बेर मतदान केन्द्रमै रुकेका थिए ।
मतदान केन्द्रको अवस्थाको बिषयमा स्थानियहरुसँग भलाकुसारी गिरी यादव केही बेरमै केन्द्रबाट हिडेका थिए ।
मतदानपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वमन्त्री यादवले जनताले बिवेकपूर्ण ढङ्गले मतदान गर्ने तथा सही उम्मेदवार छान्न सफल हुनेमा आफुलाई विश्वास रहेको प्रतिक्रिया दिए ।
यसै गरि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) का प्रदेशसभा सदस्य उम्मेवार जनार्दनसिंह क्षेत्री र क्षेत्र नम्बर १ को (क) का प्रदेशसभा सदस्य उम्मेवार रोहबर अंसारी पनि मतदान गरेका छन् ।