News Desk
डँडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । रातो गुराँस रिसोर्टमा बसेका प्रधानमन्त्री देउवाले बिहान १० बजे मतदानस्थल पुगेका थिए ।
देउवासँगै उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले पनि मतदान गरेकी छन् ।
देउवाले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्नु भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाको डडेल्धुराबाट प्रतिनिधिसभामा यो सातौँ उम्मेदवारी हो।