बैतडी जिप दुर्घटनामा पाँच प्रहरीको मृत्यु
News Desk
Nov-21 , 2022 तारिख 11:22 बिहान

५ मंसिर २०७९

बैतडी– बैतडीमा प्रहरी चढेको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बिहान पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलतर्फ गइरहेको छ ।

धेरै पढिएको