News Desk
काठमाडाैँ । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा (क) मा नेपाली काँग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् ।
गुरुङले १ हजार ४८ मत ल्याएका छन् । निकतम प्रतिद्वन्दी नेकपा (एमाले)का इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत मात्रै पाए । विष्ट यसअघि साेही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद थिए ।
साे क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेको थियाे । १४ मत बदर भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।
गुरुङ यसअघि स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा पराजित भएका थिए । प्रदेशसभा (ख) को मतगणना चलिरहेको छ ।
प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेपाली काँग्रेसकै योगेश गौचन थकाली निर्वाचित भएका छन् ।