काठमाडौं ४ मा गगन थापा विजयी 
News Desk
Nov-22 , 2022 तारिख 11:52 बिहान

काठमाडौं, ६ मंसिर। काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा  विजयी भएकन छन् । यो उनको ह्याट्रिक हो । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउदै जित निकालेका हुन् ।भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे ।  गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए 

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।

धेरै पढिएको