News Desk
काठमाण्डौँ । काठमाण्डौँका कुल १० निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले ५, एमालेले १र राष्टिय स्वतन्त्र पार्टिले ४ निर्वाचन क्षेत्रमा बाजी मार्ने देखिएको छ । नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, गगन थापा र प्रदीप पौडेलले जित निकालेका छन् भने राजन केसी र सन्तोष चालिसेले भारी मतान्तरका साथ अग्रता लिएका छन् । त्यस्तै, हालसम्मको मत परिणाम अनुसार एमालेबाट कृष्णगोपाल श्रेष्ठ चुनिने संभावना प्रबल छ ।
राष्टिय स्वतन्त्र पार्टिका उम्मेदवार विराजभक्त श्रेष्ठले जित निकाल्दा सोबिता गौतम, शिशिर खनाल र गणेश पराजुलीको अग्रता कायम छ । नेपाली कांग्रेसबाट प्रकाशमान सिंह काठमाण्डौँ १ , गगन थापा काठमाण्डौँ ४ र प्रदीप पौडेल काठमाण्डौँ ५ बाट विजयी भएका हुन । राजन केसी काठमाण्डौं १० र सन्तोष चालिसे काठमाण्डौँ ३ मा अघि छन् । राष्टिय स्वतन्त्र पार्टिका उम्मेदवार विराजभक्त श्रेष्ठ काठमाण्डौँ ८ बाट निर्वाचित हुदाँ राष्टिय स्वतन्त्र पार्टिका सोबिता गौतम काठमाण्डौँ २, शिशिर खनाल काठमाण्डौँ ६ र गणेश पराजुली काठमाण्डौँ ७ बाट निर्वाचित हुने उच्च संभावना रहेको छ ।
त्यस्तै, काठमाण्डौँ ९ मा एमालेबाट कृष्णगोपाल श्रेष्ठ चुनिने संभावना बढेको छ ।