News Desk
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल भारी अन्तरले विजयी भएका छन् । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गरेका हुन् । पौडेल ५०६५ मतान्तरले विजयी हुन सफल रहे । पौडेलले १५२३७ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी पोखरेलले १०, १७2 मत मात्र प्राप्त गरे ।