रुपन्देही–४ (२) मा काङ्ग्रेसका खाँ निर्वाचित
News Desk
Nov-23 , 2022 तारिख 11:59 बिहान

रुपन्देही–७ मंसिर २०७९

रुपन्देही–४ (२) मा नेपाली काङ्ग्रेसका वसिउद्दिन खाँ विजयी हुनुभएको छ । एघार हजार तीन सय पाँच मतका साथ खाँ प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको हो ।

चालिस हजार नौ सय ६३ मतमध्ये खाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले आठ हजार दुई सय ६५ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार छ सय ६१ मत पाउनुभएको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको छ ।

प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ल अगाडि हुनुहुन्छ ।

धेरै पढिएको