सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यमा माओवादीले खोल्यो जितको खाता, दाहाल विजयी 
News Desk
Nov-23 , 2022 तारिख 12:12 बेलुका

सिन्धुली । नेकपा ९माओवादी केन्द्र०ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको खाता खोलेको छ । सिन्धुली प्रतिनिधिसभा क्षेत्र नं २ बाट माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।

सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।

धेरै पढिएको