सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत विजयी
News Desk
Nov-23 , 2022 तारिख 02:05 बेलुका

सप्तरी , ७ मंसिर। सप्तरी क्षेत्र नं। २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत विजयी बनेका छन् । अब गन्न बाँकी मत करिब ६ हजार छ । त्यो सबै मत प्रतिस्पर्धीले पाए पनि  जित निश्चित भएसँगै उनी विजयी भएका छन् । गणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत पाएका छन्, जबकि उपेन्द्रको मत १५ हजार ५८६ मात्र छ ।

यो समाचार तयार पार्दासम्म यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन् । नेपाली कांग्रेसका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ । 
 

धेरै पढिएको