बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी
News Desk
Nov-23 , 2022 तारिख 03:47 बेलुका

बागलुङ– बागलुङ प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ को अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार ४ सय ४८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य पाठकले १८ हजार ९ सय १३ मत ल्याउनुभएको छ ।

दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्य क्षेत्र रहेको बागलुङमा प्रदेश सभा सदस्यमा चार जना नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बागलुङको क्षेत्र न २ मा मतगणना जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

धेरै पढिएको