रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित
News Desk
Nov-23 , 2022 तारिख 04:16 बेलुका

रुकुम–७ मंसिर २०७९

रुकुम पूर्वबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर विजयी हुनुभएको छ ।

१२ हजार २६२ मत प्राप्त गरी घर्तीमगर विजयी हुनुभएको हो ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २२१ मत प्राप्त गर्नुभयो ।

प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन ४ हजार ४६५ मतका साथ विजयी हुनुभयो भने प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका धनबहादुर केसी ४ हजार ८६२ मतका साथ निर्वाचित हुनुभएको छ ।

धेरै पढिएको