News Desk
झापा । झापा ५ बाट प्रतिनिधि सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै उनी निर्वाचित भएका छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले विजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरूबिच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।