News Desk
दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।
त्यस्तै एमाले महासचिव शंकर पोखरेल दोस्रो स्थानमा रहे । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत रहेको छ
यस पटक दुई दलका महासचिव पराजित भएका छन् । यसअघि लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी महासचिव देव गुरुङलाई पराजित गरेका थिए । पोखरेल ०५९ मा एमाले केन्द्रीय सदस्य, ०६५ मा बुटवलमा सम्पन्न पार्टीको आठौं महाधिवेशनबाट सचिव, ०६५ मा बुटवलमा सम्पन्नपार्टीको आठौं महाधिवेशनबाट सचिव र गत वर्ष मंसिरमा चितवनमा सम्पन्न दसौं महाधिवेशनबाट महासचिव भएका थिए । उनी ०५१ मा सांसद् तथा ०६४ मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य भई ०६६ मा सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।पोख्रेल २०७४ मा यही क्षेत्रको प्रदेशसभा (१) बाट निर्वाचित भई लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए ।