बारा–३ बाट एमालेकी साह र बारा-१ बाट एमालेकै मैनाली निर्वाचित
News Desk
Nov-25 , 2022 तारिख 05:29 बिहान

बारा- ९ मंसिर २०७९

बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएको थियो ।

बारा–१ बाट एमालेका मैनाली निर्वाचित

बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अच्युत मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत ल्याउनुभएको थियो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार तीन सय १८ मत ल्याउनुभएको हो । विसं २०७४ मा चौधरीले मैनालीलाई पराजित गर्नुभएको थियो ।

धेरै पढिएको