डा. शेखर कोइराला निर्वाचित
News Desk
Nov-25 , 2022 तारिख 11:23 बिहान

मोरङ- ९ मंसिर २०७९

मोरङको क्षेत्र नं. ६ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु पंडितलाई १२ हजार २ सय ८६ मतान्तरले पराजित गर्दै डा. कोइराला विजयी बन्नु भएको हो ।

उहाँले ३५ हजार २ सय १८ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका लालबाबु पंडितले २२ हजार ९ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

२०७४ सालको संसदीय निर्वाचनमा लालबाबु पंडित संग ६७५ मतान्तरले पराजित हुनु भएका डा. शेखर कोइरालाले यसपटक जीत हासिल गर्नुभएको हो ।

२०७४ सालमा डा. शेखर कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गर्नुभएको थियो भने लालबाबु पंडितले ३३ हजार ९ सय ४१ मत प्राप्त गर्नुभएको थियो ।

धेरै पढिएको